काठमाडौं विश्वविद्यालयमा उपकुलपति छनाैट

कामु उपकुलपतिमा डा. अच्युत वाग्ले मुकर्रर

काठमाडौं/काठमाडौं विश्वविद्यालयको उपकुलपति भोला थापाको कार्यकाल आइतबार सकिएको र उपकुलपति छनोट प्रक्रिया लम्बिएपछि केयुमा पुरानै परम्परा अनुसार रजिष्ट्रार प्रा.डा. अच्युतप्रसाद वाग्ले काठमाडौं विश्वविद्यालयको कायममुकायम उपकुलपतिको जिम्मेवारी पाएका छन् ।

कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को व्यवस्था नभएसम्मका लागि कायममुकायम उपकुलपतिको जिम्मेवारी प्रदान गरेका हुन् ।

कामु मुकर्रर गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपतिज्यूको मिति २०८१/१०/०७ को निर्णयअनुसार काठमाडौं विश्वविद्यालय कार्य व्यवस्था नियम, २०४९ को परिच्छेद–५ को दफा ५.४ को खण्ड (ट) बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि उपकुलपतिबाट गरिने सम्पूर्ण काम तपाईंलाई सुम्पिएको व्यहोरा अनुरोध छ,’ सचिव राजकुमार श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments