व्यवस्थापन अध्यनका लागि ‘ज्ञानकुञ्ज’ बिधार्थीको पहिलो रोजाई

अतिरिक्त क्रियाकलापसहित शैक्षिक गतिविधिमा नमुना बन्दै गएको जिल्लाको उदाहरणीय ज्ञानकुन्ज काभ्रेपलाञ्चोक, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखा, ओखलढुङ्गा र मधेश प्रदेशका विद्यार्थीहरु उच्च शिक्षाको एक गन्तव्य बन्दै छ ।

काभ्रेपलाञ्चोक। काभ्रेपलान्चोकको व्यापारिक शहर बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्धारा सञ्चालित ज्ञानकुञ्ज कलेज व्यवस्थापन संकायका बिधार्थीका लागि आकर्षणको थलो बन्दै गएको छ। विद्यालयले हासिल गरेको सफलतालाई विद्यार्थीसँगै अभिभावकले पनि रूचाएका छन् ।

अतिरिक्त क्रियाकलापसहित शैक्षिक गतिविधिमा नमुना बन्दै गएको जिल्लाको उदाहरणीय ज्ञानकुन्ज काभ्रेपलाञ्चोक, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखा, ओखलढुङ्गा र मधेश प्रदेशका विद्यार्थीहरु उच्च शिक्षाको एक गन्तव्य बन्दै छ ।

एस.ई.ई. परीक्षा उत्तीर्ण भएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि ज्ञानकुञ्ज उत्कृष्ट विकल्प हुनसक्छ । त्यसका लागि हालसम्मका शैक्षिक उपलब्धि, उत्कृष्ट व्यवस्थापन, आवश्यक भौतिक पूर्वाधार तथा शिक्षामैत्री वातावरणले संस्थालाई शैक्षिक क्षेत्रको एक विशिष्ट स्थानमा उभ्याएको छ ।


ज्ञानकुञ्जले विगतका वर्षहरूमा निरन्तर रुपमा उल्लेखनीय शैक्षिक परिणामहरू हासिल गर्दै आएको छ । दक्ष प्राध्यापकहरुको टोलीद्वारा सञ्चालित व्यवस्थापन प्रणाली, नवीनतम शिक्षण विधि र विद्यार्थी केन्द्रित रणनीतिले यहाँ अध्ययनरत विद्यार्थीहरूको समग्र विकासमा उल्लेखनीय योगदान पुर्याएको छ ।


संस्थाले गुणस्तरीय शिक्षा प्रदान गर्न अत्याधुनिक पूर्वाधार, डिजिटल कक्षा कोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला तथा नियमित शैक्षिक गतिविधिहरूको समुचित संयोजन गरेको छ । यसैका आधारमा विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा निरन्तर प्रगति देखिएको छ। अभिभावकहरूको निरन्तर विश्वास र विद्यार्थीहरूको व्यापक रुचिले ज्ञानकुञ्जलाई व्यवस्थापन अध्ययनको विश्वसनीय र प्रतिस्पर्धात्मक केन्द्र बनाएको अध्यनरत बिधार्थीहरु बताउछन।

आगामी दिनहरूमा पनि संस्थाले गुणस्तरीय शिक्षामा नविनतम अभ्यास अपनाउँदै शैक्षिक उत्कृष्टताको यात्रालाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ । कलेजले आन्तरिक परीक्षामा उत्कृष्टहुने विद्यार्थीहरुलाई विभिन्न शीर्षकको छात्रवृत्ति प्रदान गरिएकोले विद्यार्थीहरुको पढाई तथा सिकाईमा छुट्टै लगाब बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments