गृहपृष्ठ

थप

प्रदेश समाचार

भिडियो

मनोरञ्जन

थप

काभ्रे अपडेट

थप

काभ्रेपलाञ्चोक — मतदातालाई प्रभावित पार्ने अभिव्यक्ति दिएको आरोप लागेपछि प्रहरीले नेकपा (एमाले) का स्थानीय नेता गणेशमान लामासँग अनुसन्धानका क्रममा सोधपुछ गरेको छ। सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा लामाले मतदाता प्रभावित पार्ने ‘तीन उपाय’ उल्लेख गर्दै प्रतिनिधि सभा क्षेत्र नं. १ का एमाले उम्मेदवार अमित लामालाई जसरी पनि जिताउनुपर्ने अभिव्यक्ति दिएका थिए। उनले “फकाएर, भनेर नभए छप्क्याएर” भए पनि जित सुनिश्चित गर्नुपर्ने आशय व्यक्त गरेका थिए। उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो। कतिपयले बाहुबलका आधारमा मतदातालाई त्रसित पार्ने संकेत गरेको भन्दै आपत्ति जनाएका थिए। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले लामालाई बोलाएर बयान लिएको र आवश्यक अनुसन्धानपछि छाडिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। यस विषयमा नेकपा (एमाले) ले भने अनावश्यक विवादमा पार्न खोजिएको भन्दै खण्डन गरेको छ ।...

आयात/निर्यात

थप

संघ संस्था

थप