काठमाडौ विश्वविद्यालय

उपकुलपतिमा दर्खास्त पेश गर्ने आज अन्तिम दिन, कार्यविधि उपर कारण देखाऊ र अन्तरिम आदेश जारी भएन

काठमाडौं/ काठमाडौ विश्वविद्यालय (केयु) को उपकुलपतिमा दर्खास्त पेश गर्ने आज अन्तिम दिन हो ।

‘काठमाडौ विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस संबन्धी कार्यविधि, २०८१’ मा तोकिएका योग्यता पुगेका व्यक्तिहरुले आज (आइतबार) अपरान्ह ४ बजेसम्म स्कुल अफ मेनेजमेन्ट बालकुमारीमा दरखास्त दर्ता गर्न २०८१ पौष १८ गते १० दिनको म्यादसहित सार्वजनिक सूचना जारी गरेको थियो।

उक्त सूचनाका आधारमा कतिले आफ्नो योग्यता र योजना सहित सहित आबेदन दिए भन्ने खुलाइएको छैन। यद्यपि शुक्रबारसम्म ७ जनाको दरखास्त परेको श्रोतले बताएको छ। बिगतको अभ्यास हेर्दा इमेल मार्फत निबेदन पठाउदा मात्रै हुने व्यवस्था थियो भने यस पटक आफ्नो कार्ययोजना पुस्तिका सहित स्कुल अफ मेनेजमेन्ट बालकुमारीमै दरखास्त दिनु पर्ने भएकाले संख्यामा कमि हुने आँकलन गरिएको छ।

सर्वोच्चले कारण देखाऊ र अन्तरिम आदेश जारी गरेन:

यसैबीच केयुको स्कुल अफ मेडिकल साइन्सेजका प्राध्यापक चिकित्सकहरूले आफुहरूलाई उप कुलपतिमा दर्खास्त दिनका लागि अयोग्य बनाउने गरि बनाइएको कार्यविधिमा संशोधनका लागि सर्वोच्च अदालत गुहारे पनि सर्वोच्चले कारण देखाऊ आदेश र अन्तरिम आदेश जारी गरेन ।

११ जना प्राध्यापक चिकित्सकहरूले उपकुलपतिमा दर्खास्त दिनका लागि चिकित्सा विज्ञान संकाय नै अयोग्य बनाइएकोले कार्यविधि विरुद्ध उत्प्रेषणको आदेशको मागसहित शुक्रबार रीट निवेदन दायर गरेका थिए । सो रीट निवेदन उपर आइतबार प्रधानन्याधीश प्रकाशमfन सिंह राउतको एकल इजलासमा सुनुवाइ भै कारण देखाऊ आदेश र अन्तरिम आदेश दिन नपर्ने आदेश भएको हो।

रीटमा काठमाडौं विश्वविद्यालयका कुलपति तथा सम्माननीय प्रधानमन्त्री नेपाल सरकार मन्त्रिपरिषद् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौं , सह-कुलपति तथा माननीय मन्त्री शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौं, संयोजक उपकुलपति खोज तथा शिफारिस समिति उपकुलपति खोज तथा शिफारिस समिति सचिवालय काठमाडौं विश्वविद्यालय मुकाम सम सेन्टर काठमाडौं महानगरपालिका वडा नं १ ज्ञानेश्वर र विश्वविद्यालयको सभा धुलिखेललाई विपक्षी बनाइएको थियो ।

केयुका संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भै सो समितिले जारी गरेको ‘काठमाडौ विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस संबन्धी कार्यविधि, २०८१’ मा चिकित्सा विज्ञान संकायले दर्खास्त दिन नपाउने प्रावधान छ । उक्त प्रावधानको पुनर्विचार गर्नका लागि केयुएसएमएसका ११ जना प्राध्यापक चिकित्सकले अदालतमा रिट दायर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments