केयुको सिनेटले ग्रेस लिष्ट सच्याउने निर्णय गर्यो

काठमाडौं/ काठमाडौं विश्वविद्यालयको पछिल्लो दीक्षान्तको ग्रेस लिष्टमा अनुत्तीर्ण सात विद्यार्थीको नाम समावेश भएको पाइएको भन्दै ९८ औँ सभाको आजको बैठकले ग्रेस लिष्ट सच्याउने निर्णय गरेको छ ।

विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युतप्रसाद वाग्लेले ती विद्यार्थीको नाम कसरी सूचीमा पर्न गयो भन्नेबारेमा छानबिन सुरु भएको र ती विद्यार्थीले प्रमाणपत्र नलिएको बैठकलाई जानकारी गराएका थिए ।

के थियो घटना?

काठमाडौ विश्वविद्यालयको हालै सम्पन्न दिक्षान्तमा स्कुल अफ म्यानेजमेन्टका डिग्री पूरा नगरेका र ‘ड्रप आउट’ भएका ७ विद्यार्थीको नाम ग्रेस लिष्ट्मा परेको खबर बाहिरिएपछी केयुले छानवीन समिती गठन गरेको छ।

केयुको परीक्षा नियन्त्रण महशाखाले गरेको यो गम्भीर गल्तीलाई लिएर केयूले स्कुल अफ ल का डीन डा. हृषिकेष वाग्लेको संयोजकत्वमा पूर्व परीक्षा नियन्त्रक प्राडा पन्नाबहादुर थापा र पूर्व परीक्षा सह नियन्त्रक बीरेन्द्रबहादुर लाखेलाई छानबीन समितिमा राखेको छ ।

सम्बन्धित समाचारः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments