आयोगमा नयाँ पदाधिकारी

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तहरुलाई नियुक्ति पत्र प्रदान

काठमाडौँ /सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त र आयुक्तलाई नियुक्ति पत्र प्रदान गरेका छन् ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरुङले आइतबार साँझ मन्त्रालयमा प्रमुख आयुक्तमा डा. सुरेश आचार्य, आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।

मन्त्री गुरुङले पत्र हस्तान्तरणसँगै उनीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

मन्त्रालयका सचिव राधिका अर्यालले उनीहरूले आयोगको काम, कर्तव्य र अधिकारको भरपुर प्रयोग गरी जनतामा सेवा पुर्‍याउनेतर्फ मन्त्रालय आशावादी रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments