मन्त्री परिषद् बैठककाे निर्णय

प्रमुख सूचना आयुक्तमा डा. सुरेशप्रसाद आचार्य नियुक्त

काठमाडौं/ सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा सुरेशप्रसाद आचार्य तथा सूचना आयुक्तमा क्रमशः गगन विष्ट र दुर्गा भण्डारी पौडेललाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिनु भयाे ।

यसैगरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा ओमप्रसाद बराललाई मनोनयन गर्ने निर्णय भएको जानकारी दिनु भयाे ।

सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको सिफारिसका लागि गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको संयोजकत्वमा पूर्वसचिव दीपक सुवेदी र सहप्राध्यापक डा रेश्मा श्रेष्ठ रहेको सिफारिस समिति गठन गर्ने भएको छ ।

त्यसैगरी राष्ट्रिय योजना आयोगमा विशेष अधिकृत (राजपत्राङ्कित विशिष्ट श्रेणी, मुख्यसचिव सरह) पदमा कार्यरत डा बैकुण्ठ अर्यालले पेस गर्नुभएको स्वेच्छिक अवकाश स्वीकृत गर्ने निर्णय भएको गुरुङले जानकारी दिनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments