जनचेतनादेखि अनुसन्धानसम्म योगदान — वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र डा. कोजु सम्मानित

काठमाडौं / विश्व नेवा संगठनले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुलाई सम्मान गरेको छ।

शनिबार आयोजित एक कार्यक्रममा डा. कोजुले मुटुरोग निवारणका क्षेत्रमा पुर्‍याएको दीर्घकालीन योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो। विशेषतः जनचेतना अभिवृद्धि, उपचार सेवा विस्तार तथा अनुसन्धानमूलक कार्यमार्फत उनले नेपाली समाजमा मुटु स्वास्थ्यप्रति जागरूकता फैलाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

Lahachhap

कार्यक्रममा सुनिता डंगोलले सम्मान प्रदान गर्दै डा. कोजुको योगदान स्वास्थ्य क्षेत्रका लागि प्रेरणादायी रहेको बताइन्। उनले मुटुरोगजस्तो जटिल समस्यालाई जनस्तरमा बुझाउन र समयमै उपचारको पहुँच बढाउन चिकित्सकहरूको सक्रियता अपरिहार्य रहेको उल्लेख गरिन्।

डा. कोजु लामो समयदेखि मुटुरोगसम्बन्धी अनुसन्धान तथा उपचारमा सक्रिय रहँदै आएका छन्। उनले मुटु स्वास्थ्यबारे आम नागरिकलाई सरल भाषामा जानकारी दिने उद्देश्यले ‘मुटुको कथा’ नामक पुस्तक समेत प्रकाशन गरेका छन्, जसले स्वास्थ्य सचेतना विस्तारमा सहयोग पुर्‍याएको मानिन्छ।

Lahachhap

स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार नेपालमा मुटुरोगका बिरामी बढ्दै गएको सन्दर्भमा यस्ता चिकित्सकहरूको योगदान अझ महत्वपूर्ण बन्दै गएको छ। डा. कोजुको सम्मानले मुटु स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments