ज्ञानकुञ्ज किन्डरगार्टेनको युकेजी तहमा अध्ययन समाप्त गरेका ५३ जना विद्यार्थीहरुलाई दीक्षा प्रदान

काभ्रेपलाञ्चोक/ ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानअन्तर्गत ज्ञानकुञ्ज किन्डरगार्टेनको युकेजी तहमा अध्ययन समाप्त गरेका ५३ जना विद्यार्थीहरुलाई शुक्रबार दीक्षा दिइएको छ ।

शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यतामा भएको दीक्षान्त समारोहमा प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत गर्दै भने, ‘प्रतिष्ठानले बालमैत्री वातावरणमा बाल मनोपरामर्शदाताहरु सहितको उपस्थितिमा शिक्षण सिकाई क्रियाकलाप गर्दै आएको छ । आगामी शैक्षिक सत्र २०८२ मा पनि विद्यार्थीहरुको शिक्षाका साथसाथै नेतृत्व विकास, सम्बन्ध निर्माण, भावनात्मक व्यवहार, क्षमाशीलतालगायत पढाइसँग सम्बन्धित युग सुहाउँदो थप कार्यक्रमहरु आयोजना गर्ने योजना बनाएका छौं’, उनले थपे ।

काभ्रेपलाञ्चाेक जिल्लामा पनि एकै छानामुनि प्ले ग्रुपदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने सन्देश ज्ञानकुञ्जले प्रदान गरेको वैद्यले दाबी गरे, ‘हामी एकै छानामुनि सबै प्रकारको शिक्षा दिन सकिन्छ भनेर लागेका छौँ । राष्ट्रका कर्णधारहरु शिक्षाको सुनौलो प्रकाशबाट टाढा नहुन् भन्ने उद्देश्यले सयौँ विद्यार्थीहरुलाई ३० लाख रुपैंयाको छात्रवृत्ति समेत प्रदान गरिरहेका छौं’, वैद्यले भने ।

प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, वैज्ञानिक र बालमैत्री ढंगले अभिभावकहरुका बिच लोकप्रिय रहेको विद्यालय आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हँुदै सबैको मन जित्न सफल हुने विश्वास व्यक्त गरे । साथै उनले दीक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिँदै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना समेत गरेका थिए

कार्यक्रममा सहायक प्रिन्सिपल मीरा मानन्धरले एक वर्षमा विद्यालयले हासिल गरेको उपलब्धिलाई प्रस्तुत गर्दै प्ले ग्रुपदेखि स्नातकोत्तर तहसम्मको अध्ययनमा, खेलकुद तथा संगीतमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रतिष्ठानले सम्मान गरेको जानकारी दिइन् ।

कार्यक्रममा किन्डरगार्टेन तहमा अध्ययनरत विद्यार्थीहरुले मनमोहक प्रस्तुतिहरु पदर्शन गरेका थिए । कार्यक्रममा दीक्षित भएका विद्यार्थीहरुका अभिभावकहरुले यस्ता प्रकारका समारोहले नानी/बाबुहरुमा शिक्षण सिकाईमा रुचि बढ्नुका साथै व्यक्तित्व विकासमा समेत वृद्धि भई भविष्यमा असल नागरिक बन्नेमा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक प्रिन्सिपल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष, प्याबसन, एनप्याबसन, प्याबसन नगर कमिटि अध्यक्ष, अभिभावक, शिक्षक/शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments