काठमाडौँ महानगरपालिकाले घुम्ती प्रयोगशालाबाट खाद्य व्यवसायको अनुगमन थाल्यो

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन थालेको छ ।

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बिहीबार थापाथलीस्थित प्रसुति गृह र नर्भिक अस्पतालका क्यान्टिनका खाद्य बस्तुका नमूना संकलन तथा परीक्षण कार्यको शुभारम्भ गर्नुभएको हो । त्यस क्रममा संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरुको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमूनाहरुको स्थलगत परीक्षण र विश्लेषण गरेको थियो ।

Lahachhapघुम्ती प्रयोगशालाबाट हुने कामका विषयमा जानकारी लिँदै उपप्रमुख डंगोलले, खाद्य स्वच्छताबाट उपभोक्ता अधिकार सुरक्षित गराउन घुम्ती प्रयोगशालाबाट तथ्यमा आधारित विवरण प्राप्त हुने बताउनुभयो । यसबाट प्राप्त हुने नतिजाका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘स्वच्छ खाद्य व्यवसायका लागि वैज्ञानिक कार्यक्रम तर्जुमा गर्न घुम्ती प्रयोगशालाबाट महत्वपूर्ण आधार निर्माण हुनेछ ।’

महानगरपालिकासँगको सहकार्यबाट गुणात्मक नतिजा प्राप्त हुनेछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजालको अपेक्षा छ । 

आज परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालको चमेना गृह (सुनिल क्यान्टिन), स्टाफ क्यान्टिन (मनकामना माई क्यान्टिन), अस्पतालको निशुःक खाजा, सुप तथा अन्य विरामीको लागि तयार गर्ने भान्छा र नर्भिक अस्पतालको क्याफे केयर प्रा. लि. को अनुगमन निरीक्षण गरिएको हो । 

Lahachhapअनुगमनका क्रममा सुनिल क्यान्टिन र मनकामना क्यान्टिनबाट दूध, पानी र खाने तेलको स्थलगत नमूना संकलन र परीक्षण गरियो । घुम्ती प्रयोगशालाको परीक्षणबाट यी खाद्यवस्तुको गुणस्तर मापदण्डअनुसारको पाइएको छ । यस्तै क्यान्टिनबाट लिइएको मःमसँग खाने अचारको नमूना लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ ।

नर्भिक अस्पतालको क्याफे केयरबाट नमूना लिइएको क्रिम डुनटको नमूना पनि रिफरेन्स प्रयोगशालामा पठाइएको छ । 

Lahachhap

महानगरपालिकाका फुड टेक्नोलोजिष्ट भारती अधिकारीका अनुसार स्त्री रोग अस्पतालको चमेना गृहमा मासु तथा मासुजन्य पदार्थ र तरकारी साग सब्जी सँगै राखिएको पाइएको थियो । ग्याँस चुलो, रेफ्रिजरेटर फोहर थिए । व्यक्तिगत सरसफाइमा कमजोर थियो । लेबल नभएको खाद्य सामाग्रीको प्रयोग भेटियो । सिन्थेटिक रङ्गको अनुचित प्रयोग भेटियो । भान्छामा साङ्ला र झिँगा भेटियो । भान्छाको भुइँको टाईल फुटेको र फोहर थियो । खानेकुरा र कपडा एउटै कक्षबाट बेच्ने गरेको पाइयो । 

अनुगमन टोलीले कमजोरी सुधार गर्न सुझाव दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments