ग्लोबल आइएमई बैंकले ल्यायो ‘म उद्यमी कर्जा’

काठमाडौँ/ग्लोबल आइएमई बैङ्क लिमिटेडले साना तथा मझौला उद्यमीलक्षित ग्लोबल ‘म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ ।

महिला उद्यमीलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानीय समुदायमा आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने गरी बैङ्कले उक्त कर्जा ल्याइएको जनाइएको छ ।

योजनाले महिलालाई उद्यमी भई व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने बैङ्कले जनाएको छ । महिलाले नेतृत्व गरेको कृषि, उत्पादन, प्रशोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई विशेष प्रथमिकता दिई कर्जा प्रदान गर्ने बैङ्कले जनाएको छ ।

कर्जा योजना अन्तर्गत आकर्षक सुविधासहित न्यूनतम ब्याजदरमा महिला उद्यमीलाई १० करोड रुपियाँसम्मको कर्जा प्रदान गर्ने छ । महिलाको कम्तीमा ५० प्रतिशत स्वामित्वमा व्यवसाय सञ्चालन भएका व्यवसाय मात्र यस कर्जाका लागि योग्य हुने छ भने कर्जा योजना अन्तर्गत ग्लोबल ‘म उद्यमी कर्जा’ लिँदा बैङ्कले उद्यमी डिजिटल उपहार प्रदान गर्ने उल्लेख छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments