‘सामुदायिक विद्यालय सुधारको जिम्मा समुदायकै’

सामुदायिक विद्यालय सुधारका लागि तीन तहका सरकार र दातृ निकायकोसमेत सक्रियता भएपनि सँस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न नसक्नुको जिम्मेवारी समुदायले लिनुपर्ने उहाँको भनाई छ

नुवाकोट/ बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सामुदायिक विद्यालय सुधारको जिम्मेवारी समुदायको हातमा रहेको बताउनुभएको छ ।

यहाँको बेलकोटगढी नगरपालिका–९ बाघखोर स्थित महादेव माध्यमिक विद्यालयको ४९ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले सामुदायिक विद्यालय सुधारका लागि सरकारले प्रशस्त लगानी गरेकाले सुधार र गुणस्तरको जिम्मा समुदायको हातमा रहेको बताउनुभयो ।

“सामुदायिक विद्यालयमा आवश्यक भौतिक संरचना र आयोगबाट सिफारिस भएका दक्ष शिक्षक उपलब्ध गराई विद्यार्थीलाई पोशाक, खाजा, पाठ्यपुस्तक, छात्रवृत्तिसहित आवश्यक सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “शिक्षाको गुणस्तर भने आशा अनुसार सुधार गर्न सकिएको छैन । विद्यालय नियमनको पहिलो जिम्मेवारी पाएको समुदायको भूमिका प्रभावकारी बनाउनुपर्छ ।”

सामुदायिक विद्यालय सुधारका लागि तीन तहका सरकार र दातृ निकायकोसमेत सक्रियता भएपनि सँस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न नसक्नुको जिम्मेवारी समुदायले लिनुपर्ने उहाँको भनाई छ ।

प्रदेश सरकारले विद्यालयका लागि शिक्षक, विद्यालय नर्स, खाजा कार्यक्रम, भौतिक संरचना, प्रविधिमैत्री अध्यापनमा लगानी गर्दै आएकाले आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

विद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन सके शिक्षाको गुणस्तर वृद्धि गर्न सकिने मुख्यमन्त्री तामाङको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments