काभ्रेपलान्चोक । उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि भक्तपुर र काभ्रेपलान्चोक जिल्लाको सिमाना साँगामा आकस्मिक अवतरण गरिएको हेली एभरेस्टको हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरिसकेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायवउपरीक्षक मिनबहादुर घलेका अनुसार विमानस्थलबाट आएका प्राबिधिकले चेकजांच गरि कुनै समस्या नभएको र उडान भर्न सल्लाह दिएपछि हेली काठमाडौँतर्फ उडेको जानकारी दिएका छन्।
लुक्लाबाट काठमाडौँ आउँदै गरेको उक्त विमानमा ६ जना यात्रु रहेका थिए ।
सम्बन्धित समाचार
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित