धुलिखेल/ काठमाडौ विश्वविद्यालयको हालै सम्पन्न दिक्षान्तमा स्कुल अफ म्यानेजमेन्टका डिग्री पूरा नगरेका र ‘ड्रप आउट’ भएका ७* विद्यार्थीको नाम ग्रेस लिष्ट्मा परेको खबर बाहिरिएपछी केयुले छानवीन समिती गठन गरेको छ।
यस्तै यस घटनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो लिएको छ । आइतबार अख्तियारका एक उपसचिवको नेतृत्वमा डिएसपी कवित कटुवालसहितको एक टोलीले ग्रेस लिष्ट्सँग सम्बन्धित सबै कागजातहरू नियन्त्रणमा लिएर अनुसन्धानका लागि लगेको छ ।
उता, अहिले सिंहदरबारमा केयुको विश्वविद्यालय सभा(सिनेट) को बैठक बसिरहेको छ ।
कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति नियुक्तिको संघारमा डाकेको बैठकलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
केयुको परीक्षा नियन्त्रण महशाखाले गरेको यो गम्भीर गल्तीलाई लिएर केयूले स्कुल अफ ल का डीन डा. हृषिकेष वाग्लेको संयोजकत्वमा पूर्व परीक्षा नियन्त्रक प्राडा पन्नाबहादुर थापा र पूर्व परीक्षा सह नियन्त्रक बीरेन्द्रबहादुर लाखेलाई छानबीन समितिमा राखेको छ ।
उता, केयु केन्द्रिय क्याम्पसस्थित नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु र माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनले निष्पक्ष छानवीनको माग गरेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित