२०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा

काठमाडौँ महानगरपालिकाले पूर्व मेयर पिएल सिंहको निधन, महानगरमा आज शोक बिदा

काठमाडौँ/ काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको छ ।

उहाँको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ सम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ ।

सिंहको निधनमा कामपामा शोक बिदा

काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख पिएल सिंहको असामयिक निधनमा आज महानगरपालिका र मातहतका कार्यालयमा सार्वजनिक विदा दिइएको छ ।

८८ वर्षिय सिंह विगत लामो समयदेखि अस्वस्थ्य हुनुहुन्थ्यो । उपचारसँगै ठमेल चाक्सीबारी निवासमा आराम गर्नुहुन्थ्यो । उपचारका क्रममा गएको वर्ष उहाँको पेटको शल्यक्रिया भएको थियो । 

सिंह २०४९ सालमा भएको स्थानीय निर्वाचनबाट काठमाडौँ नगरपालिकाका प्रमुखका रुपमा निर्वाचित हुनुभएको थियो । उहाँकै कार्यकाल २०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो । 

सिंहको पार्थिक सरीर विहान ११ बजेसम्म निजी निवासमा राखिनेछ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि सानेपामा १ घण्टा राखिनेछ ।

दिउँसो १ बजे विष्णुमती नदी किनारामा रहेको लखतीर्थमा अन्तिम संस्कार हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments