एनपिएल क्रिकेट

आज जनकपुर र सुदूरपश्चिम, काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ / राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।

जारी एनपिएलमा चार खेल खेलेको जनकपुर बोल्ट्स सबै खेलमा विजयी भएको छ ।

सुदूरपश्चिम रोयल्सले चार खेलमध्ये तीनमा जित निकालेको छ ।

तीन खेल खेलेको काठमाडौँ गुर्खाजले दुई खेल जितेको छभने एक खेलमा पराजित भएको छ ।

लुम्बिनी भने पाँच खेलमा एउटा मात्र जित्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments