बनेपातर्फ आउँदै गरेको गाडीबाट आधा किलो सुनसहित दुई जना प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आधा किलो सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले आइतबार साँझ सुनसहित काभ्रेपलाञ्चोक रोसी गाउँपालिका-९ का ३७ वर्षीय बसन्तकुमार लामा र रामेछाप नगरपालिका-१ घर भई हाल बनेपा नगरपालिका-४ बस्ने २९ वर्षीय अमृत श्रेष्ठलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डिएसपी मीनबहादुर घलेले काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बागमती बि एडी ८६०१ नम्बरको टक्सन एसयुभी जाँच गर्ने क्रममा सुन जस्तो पहेंलो धातुसँगै दुई जनालाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरी निरीक्षक प्रशान्त तामाङको नेतृत्वमा खटेको प्रहरी टोलीले उक्त गाडी खानतलासी गर्ने क्रममा पछाडिको सिटमुनि पत्रिकामा पोको पारी लुकाइछिपाइ राखेको अवस्थामा चारपाते सुन जस्तो देखिने पहेंलो ढिक्का सात थान र सुन जस्तो देखिने पहेंलो धातुले बनेको सिक्री एक थान फेला पारेको बताए।

कारबाट बरामद गरिएको उक्त धातु नेपाल सुनचाँदी व्यवसायी सङ्घ काभ्रेपलाञ्चोकबाट नापतौल गर्दा ५५९.७ ग्राम (४७.९८४ तोला) सुन रहेको र उक्त सुनको बजार मूल्य ७१ लाख ८३ हजार ४६९ रुपियाँ रहेको डिएसपी घलेले बताए ।

पक्राउ परेका व्यक्ति र उनीहरूबाट बरामद गरिएको चारपाते सुनको ढिक्का, सुनको सिक्री र कार थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइए‌को प्रहरीले जनाए‌को छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments