स्थानीय तह उप निर्वाचनको मतगणना जारी

नेपाली कांग्रेसका उम्मेदवारले जिते १३ वडाध्यक्ष 

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा हालसम्म कांग्रेसले १३ ठाउँमा वडाध्यक्ष पदमा विजय हासिल गरेको छ ।

निर्वाचन आयोगका अनुसार हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुन प्रसाद तिवारी, भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द, ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु निर्वाचित भएका छन् । 

यसैगरी गढी गाउँपालिका–६ मा तेतर साहु, राजपुर नगरपालिका–६ मा समसे आलम, रुन्टीगढी गाउँपालिका–४ मा भुपमणि पुन मगर, ईशनाथ नगरपालिका–७ मा शेख अब्दुल खलिक निर्वाचित भएका छन् । 

यसैगरी सानीभेरी गाउँपालिका ५ मा मोतीराम खत्री, कीर्तिपुर नगरपालिका १ मा इच्छा कुमार महर्जन, पूर्वीचौधी गाउँपालिका ६ मा मोहन थापा, लालीगुराँस नगरपालिका ८ मा नगेन्द्र लिम्बु, दुहुँ गाउँपालिका ५ मा धनसिंह कुँवर र  कुशे गाउँपालिका ७ मा खम्ब बहादुर सिंह निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments