४० मिटर जग्गा छाड्ने आदेश अमान्य

खोला किनारको नयाँ मापदण्ड खारेज गर्न माग गर्दै संघर्ष समितिको प्रदर्शन

काठमाडौंका नदी तथा खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली निकालिएको छ ।

गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिले बिहीबार र्‍याली निकालेका हुन् ।

ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट शुरू भएको र्‍याली माइतीघर मण्डलासम्म पुग्ने छ ।

र्‍यालीमा अभियन्ता सुमन सायमीलगायत सहभागी छन् ।

३ पुस २०८० मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमतीलगायत उपत्यकाका ठूला नदी तथा खोलामा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments