काठमाडौँ / मानव तस्करीको आरोपमा नेकपा एमालेका कोशी प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्।
नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा नियन्त्रणमा लिइएको हो ।
अधिकारीले गत कार्तिक १३ गते आफू जापान जाने क्रममा आफूसँगै नक्कली कागजात लिएका तीन जना नेपालीलाई लगेको आरोप लागेको छ ।
उक्त घटनामा प्रहरीले ६ जना पक्राउ गरिसकेको छ । जसमा जापान जाने खोटाङका दावा शेर्पा, जनक राई, रसुवाका कञ्चन देवकोटा रहेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रि परिषदलाइ जानकारी समेत नगराई हंगकंग हुदै जापान जादै गरेका मन्त्रि अधिकारीलाइ उनिसंगै गएका अन्य सदस्यहरुसहित जापानस्थित अध्यागमनले बिमानस्थलबाट फिर्ता (डिपोर्ट) पठाएको थियो ।
नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको अनुसन्धानबाट खुलेको छ ।
आफ्नो विदेश भ्रमण बिबादमा परेपछि ‘दलालको फन्दा’मा परेको भन्दै उनले पत्रकार सम्मेलन गरि मन्त्रि पदबाट राजिनामा दिएका थिए।
सांसद अधिकारीको सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराउदै नेकपा एमाले कोशी प्रदेशले शनिवार विज्ञप्ति जारीगर्दै उनलाई पार्टीको कुनै पनि तहमा नरहने गरि निलम्बन गरिसकेको छ।
पक्राउ परेका अधिकारीलाइ आज दिउसो १ बजेर ५० मिनटको समयमा हवाई जहाजमार्फत विराटनगरबाट काठमाडौँ ल्याइँदै छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ जेष्ठ १८ गते
२०८२ जेष्ठ १८ गते