कोशी प्रदेश सांसद अधिकारी निलम्बित

काठमाडौँ / नेकपा एमालेका कोशी प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी पार्टीबाट निलम्बित भएका छन्।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि समेत रहेका अधिकारीको विदेश भ्रमण बिबादमा परेको छ।

मुख्यमन्त्री तथा मन्त्रि परिषदलाइ जानकारी समेत नगराई जापान भ्रमण निस्केका अधिकारीलाइ उनीसंग गएका अन्य सदस्यहरुप्रति शंकागरि जापानस्थित अध्यागमनले फिर्ता पठाएको थियो ।

आफ्नो विदेश भ्रमण बिबादमा परेपछि ‘दलालको फन्दा’मा परेको भन्दै उनले पत्रकार सम्मेलन गरि मन्त्रि पदबाट राजिनामा दिएका थिए।

सांसद अधिकारीको राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा चर्को आलोचना भएपछि सत्य तथ्य सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराउदै नेकपा एमाले कोशी प्रदेश समितिका अध्यक्ष घनश्याम खतिवडाद्वारा जारि विज्ञप्ति अनुसार सांसद अधिकारीलाइ पार्टीको कुनै पनि तहमा नरहने गरि कारबाही गरिएको छ।

प्रेस बिज्ञप्तिमा लेखिएको छ-‘ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा नेकपा एमालेको संगठित सदस्यबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments