झलमल्ल कमलपोखरी

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले छठ पर्वका लागि कमलपोखरीलाइ झपक्क सिंगारेको छ।

कात्तिक २२ गते साँझ औपचारिक समारोहसहित हुने छठ पूजाका लागि राष्ट्रपति रामचन्द्र पौडेललगायत विभिन्न दलका नेतागण, महानगर प्रमुख अति विशिष्ट व्यक्तित्वलाई निमन्त्रणा गरिएको महानगरको १ न वडा कार्यालयले जनाएको छ।

काठमाडौँ महानगरपालिका–१ को समन्वयमा गरिने पूजाआजाका कार्यक्रममा बर्तालुको भीड व्यवस्थापन साथै सहजीकरणका लागि ठूलो सङ्ख्यामा नगर प्रहरी खटाइएको छ ।

बिशेष सरसफाईसहित फोहोर व्यवस्थापनको प्रबन्ध मिलाइएको कमलपोखरीमा विधिपूर्वक पूजाआराधना, सामान्य दर्शन तथा घुमघामका लागि करिब एक लाख भक्तजन आउने अपेक्षा गरिएको छ ।

थप तस्विरहरु:

Lahachhap
Lahachhap
Lahachhap
Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments