टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूर संचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ ।


प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो संस्थाका कर्मचारीहरुबाट जम्मा गरिएको रकम हस्तान्तरणका क्रममा आज सिंहदरबारमा प्रधानमन्त्री ओलीले टेलिकम राष्ट्रको सम्पत्ति भएकोले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिनुभएको हो ।

उहाँले उपकरण र प्रविधिका लागि कुनै सहयोग परेमा सरकारले गर्ने विश्वास दिँदै प्रतिस्पर्धी भावनाका संस्थाको साख माथि उठाउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओली काठमाडौँ,१३ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्मचारीबाट जम्मा गरिएको रु एक करोड २ लाख ७० हजार रकमको विवरणपत्र हस्तान्तरण कार्यक्रममा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र सचिव राधिका अर्याललगायत सामूहिक तस्बिरमा । तस्बिर : प्रधानमन्त्रीको सचिवालय/रासस


संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र सचिव राधिका अर्यालसमेत सहभागी सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले कर्मचारीबाट जम्मा गरिएको रु एक करोड २ लाख ७० हजार रकमको विवरणपत्र हस्तान्तरण गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments