मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति

हालैको बाढीबाट सप्तरीस्थित मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति भएको छ । नहरका विभिन्न भागका बाँध भत्केका छन् ।

चन्द्रनहर सिँचाइ प्रणाली जल उपभोक्त समितिका अध्यक्ष बद्रीनारायण यादवका अनुसार तिरहुत गाउँपालिका–४ स्थित डिवनको दुई ठाउँमा नहरको बाँधलाइ भत्काउँदा क्षति भएको हो ।

हुलाकी सडकअन्तर्गत पर्ने महादेवा गाउँपालिकास्थित चिम्टीमा पनि नहरको केही भाग भत्केको छ । क्षतिका कारण नहर पूर्णरुपमा बन्द छ । बाढीबाट ५० लाखभन्दा बढीको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

लामो समयदेखि लथालिङ्ग रहेको चन्द्रनहरलाई कोशी पम्प चन्द्रनहर डिभिजन कार्यालयले विगत दुई वर्षदेखि पुनःनिर्माण गर्दै थियो । नहर बन्द भएपछि यहाँका किसान चिन्तित भएका छन् । नहर मर्मतसम्हार प्रारम्भ गर्न स्रोत–साधन जुटिनसकेको अध्यक्ष यादवले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments