नगरपालिका जानकारी

बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लामा अबस्थित पाँचखाल नगरपालिका जिल्लाको तत्कालिन पाँचवटा गाविसहरु समेटी नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ बैशाख २५ गतेको मन्त्रीस्तरीय निर्णयबाट पारित भै स्थापना भएको हो । यस नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्रफलको आधारमा दोश्रो ठुलो नगरपालिकाको रुपमा रहेको छ ।यो नगरपालिकाको पूर्वमा भुम्लु गाँउपालिका, पश्चिममा धुलिखेल र बनेपा नगरपालिका, उत्तरमा मण्डनदेउपुर नगरपालिका र भुम्लु गाँउपालिका र दक्षिणमा तेमाल गाँउपालिका, नमोबुद्ध र धुलिखेल नगरपालिका रहेका छन ।पाँचखाल नगरपालिकामा कृषिको प्रचुर सम्भावना रहेको छ । पाँचखाल नगरपालिका बेँसीको वरिपरि पलाञ्चोक, अनैकोट, रविओपि, जैशिथोक, पाल्लेखेतका डाँडाहरुले घेरिएको छ जिल्लाका मुख्य दुई जलाधारक्षेत्रहरू वाग्मती र रोशी क्षेत्र हुँदै न्युनचापीय वायु जाने हुनाले यस क्षेत्रमा बढी वर्षा हुनेगर्दछ । यी दुवै जलाधारक्षेत्रहरू महाभारत क्षेत्रको वृष्टिछाँयामा पर्नेगर्दछ ।यस नगरपालिकामा पाँचखाल उपत्यकाको उर्वर भूमिको साथै तत्कालिन अनैकोट, होक्सेबजार, साठीघर भगवती गाविसहरुका भिरालो जमिनहरु रहेका छन् । यहाँ कृषि उत्पादन र पशुपालनका साथै आन्तरीक पर्यटन उद्योगको समेत प्रचुर सम्भावना रहेको छ ।

वडा 13
क्षेत्रफल १०३ वर्ग किमि
जनसंख्या ३७७९७