गाउँपालिका जानकारी

काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत साविक ८७ वटा गा.वि.स. र ५ वटा
नगरपालिकालाई पुर्नसंरचना गरी हाल निर्मित ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका
सहित १३ वटा स्थानीय तहमध्येे पूर्वमा चौंरीखोला पारी रहेको रामेछापको सुनपाती
गाउँपालिका र दोरम्बा गाउँपालिका, पश्चिममा काभ्रेको भुम्लु गाउँपालिका, उत्तरमा
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका र दक्षिणमा सुनकोशी पारी रहेको तेमाल
गाउँपालिका भित्रको ९८.२ वर्ग कि.मि. क्षेत्रफल रहेको चौंरीदेउराली
गाउँपालिका भित्र ०७८ को जनगणना अनुसार ४१५६ घरपरिवारमा १४०७६ जनसंख्या
रहेको छ । साथै यस गाउँपालिकाको वडा नं. २ अन्तर्गत गगर्चे भन्ने गाउँमा
सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रे गरी ४ वटा जिल्लाको सिमाना सङ्गमस्थल
(मिट प्वोइन्ट) रहेको छ । यस गाउँपालिका भित्र साविकका नाग्रे गगर्चे, सानो बाङ्थली,
माझीफेदा, धुसेनी शिवालय, पोखरीचौंरी, गोठपानी, कात्तिके देउराली, मादन कुँडारी र
विर्ता देउराली सहित ९ वटा वडा गा.वि.स. हरु मिलाएर प्रत्येक गा.वि.स. लाई १ वडा
नघट्ने गरी ९ वटा कायम भएको र परापूर्वकाल देखि साविकको सबै गाउँवस्तीहरुलाई
चौंरी थुमका आधारमा, पुकारिँदै आएको ऐतिहासिक तथ्यका आधार र चार वटा मुख्य
देउरालीहरु समेत रहेको हुँदा चौंरी र देउराली जोडेर यस गाउँपालिकाको नाम
चौंरीदेउराली रहेको छ।

वडा 9
क्षेत्रफल 97.85 वर्ग कि.मि.
जनसंख्या 14,076