इलाम/ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा काभ्रेपलाञ्चाेक जिल्लाभरमा बनेपा पहिलो, पनौती दोस्राे र राेशी गाउँपालिका तेस्राे भएका छन् ।
बनेपाले ७८, पनौतीले ७३ र राेशीले ७०.१० अङ्क ल्याएका हुन् । असाेज दोस्रो साताको बाढीपहिरोको क्षति भोगेका पनौती र रोशीले कार्यसम्पादनमा कुनै कमी कमजोरी नराखेको यसबाट प्रष्ट भएको छ ।
यसैगरी, जिल्ला सदरमुकामस्थित धुलिखेलले ६९.३० अङ्क ल्याएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये खानीखाेलाले ६२.३०, महाभारतले ६१.१०, बेथानचाेकले ६०.९०, मण्डनदेउपुरले ५७.७०, पाँचखालले ५७.६०, नमोबुद्धले ५६.३०, भुम्लुले ५५.४०, तेमालले ५३.१० र चौरीदेउरालीले ५२.९० अङ्क हासिल गरेको छ ।
प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनअनुसार वित्त आयोगको विभिन्न १७ सूचकलाई मध्ययनजर कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।
यसमा लेखापरीक्षण, बेरुजु फछ्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ ।
‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८’ का आधारमा मूल्याङ्कन गरेर प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहलाई यस्तो अङ्क प्रदान गर्ने गर्छ ।
कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित