सशस्त्र प्रहरीको उपचारमा धुलिखेल अस्पतालले सहुलियत दिने

यस क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी र आश्रित परिवारको उपचारमा सहजता हुने

काभ्रेपलाञ्चोक/ धुलिखेल अस्पताल र सशस्त्र प्रहरी बल, नेपाल नं. १५ गण हे. क्वा. काभ्रेपलाञ्चोकवीच सहुलियतमा सशस्त्र प्रहरीहरुको उपचार गर्ने सम्झौता भएको छ । सो सम्झौता सशस्त्र प्रहरी बल सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालयको समन्वयमा भएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १५ गण हे. क्वा. काभ्रेपलाञ्चोकले ‘रिफर’ गरेका सशस्त्र प्रहरी बल नेपालका बहालवाला तथा अवकास प्राप्त सशस्त्र प्रहरी कर्मचारी तथा निजका आश्रित परिवारहरु र वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारहरुलाई स्वास्थ्य उपचार सेवामा धुलिखेल अस्पतालले विशेष सहुलियत दिने गरी सम्झौता भएको अस्पतालका सर्जन प्राडा बलराम मल्लले बताए ।

Lahachhap

सम्झौताबाट यस क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी र आश्रित परिवारको उपचारमा सहजता हुने उल्लेख गर्दै सशस्त्र प्रहरी बल सशस्त्र प्रहरी बल, नेपाल नं.३ गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरले भने, ‘प्रतिष्ठित धुलिखेल अस्पतालमा सबै किसिमका विशेषज्ञहरुद्वारा प्रदान हुने उपचार सेवामा सशस्त्र प्रहरीलाई सहुलियतमा उपलब्ध गराएकोेमा खुशी व्यक्त गर्दछु ।’

सम्झौतामा धुलिखेल अस्पतालको तर्फबाट प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्य र सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी बल, नेपाल नं. १५ गण हे. क्वा. काभ्रेपलाञ्चोक गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रसाईले हस्ताक्षर गरेका हुन् । सो सम्झौतापत्र प्राडा. मल्ल र सप्रबउ प्रसाईंले एक अर्कालाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा अस्पतालका लेखा निर्देशक मणिराम तखाँछे श्रेष्ठ, लजिष्टिक निर्देशक निरुपा माकजु श्रेष्ठको उपस्थिति थियो ।

Lahachhap

सशस्त्र प्रहरी बल, नेपाल नं. १५ गण हे. क्वा. काभ्रेपलाञ्चोकको सबैभन्दा नजिकको सशस्त्र प्रहरी अस्पताल काठमाडौं बलम्बुमा रहेको हुँदा उपचार सेवा लिनका लागि यस क्षेत्रका सशस्त्र प्रहरी र आश्रित प्रहरीहरुलाई यात्राको हिसाबले टाढा पर्ने अवस्था थियो ।

उपचार सेवा शुल्कमा १० देखि २० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध हुने सम्झौतामा उल्लेख छ । उपचार सेवामा छुट सुविधा लिनका लागि सम्झौता बमोजिम सशस्त्र प्रहरीबाट प्रमाणित भएका कागजातहरु पेस गर्नुपर्ने कुरा नं. १५ गणका सूचना अधिकारी सप्रनाउ लिलाबहादुर कार्कीले जानकारी दिए ।

Lahachhap

के के सेवाहरुमा छुट सुविधाहरु हुनेछ?

सि.नं.सेवाहरुसहुलियत प्रतिशत
1.OPD CARD20%
2.RADIOLOGY(X-RAY,USG,MRI,CT SCAN)20%
3.सबै प्रकारका OT10%
4.औषधी खरिद5%
5.LAB TEST10%
6.ECO,ECG,ANGIOGRAPHY,ANGIOPLASTY10%
7.ENDOSCOPY,ERCP,COLONOSCOPY10%
8.GYNAE,ENT,OPTHALMOLOGY10%
9.GENERAL BED20%
10.OTHERS BED10%
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments