महिला उद्यमीको समस्या समाधान गर्न बनेपामा नगर स्तरीय सामुदायिक सञ्जाल समिति गठन

काभ्रे – महिला उद्यमीको समस्या समाधान गर्न बनेपामा नगर स्तरीय सामुदायिक सञ्जाल समिति गठन गरिएको छ ।

सीमान्तकृत र जोखिममा परेका महिला तथा बालबालिकाहरुको लागि आर्थिक सबलिकरण परियोजना अन्र्तगत महिला उद्यमीहरुको विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको संस्था वोमन एक्ट नेपालले बनेपामा नगर स्तरीय सामुदायिक सञ्जाल समिति गठन गरेको छ ।

बुधबार बनेपामा आयोजित एक कार्यक्रमको अवसरमा बनेपा नगरपालिका स्तरीय महिला उद्यमीहरुको सामाजिक सञ्जाल गठन गरिएको हो ।

समितिको संयोजकामा इन्द्र लक्ष्मी श्रेष्ठ, उप–संयोजकमा रमा गेलाल, सचिवमा पूजा महाजु, सदस्यमा सिसम घिमिरे, शोभा विष्ट, इन्द्रमाया श्रेष्ठ र शुशिला श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीले उचित बजार नपाउनु नै काभ्रेका महिला उद्यमीहरुको प्रमुख समस्या रहेको महिला उद्यमीहरुले बताएका छन् । महिला उद्यमीस“ग अन्र्तक्रिया कार्यक्रममा बजारीकरण नै महिला उद्यमीहरुको लागि प्रमुख समस्या रहेको उद्यमीहरुले बताएका हुन् ।

वोमन एक्टले महिला उद्यमीहरुको व्यवसायको वृद्धि विकास, व्यववसायमा निरन्तरता, वित्तीय साक्षरता, बजार सम्बन्धी जानकारी दिने लक्ष्य राखेको छ । यो आयोजना काभ्रे जिल्लाका ३ वटा नगरपालिका पनौती ,बनेपा र पा“चाखालमा सञ्चालन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments