काठमाडौं / स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरलाई न्युनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले क्यान्सर निवारणका लागि धेरै कामहरू गर्न बाँकी रहेको पनि बताए ।
‘आज पाठेघरको मुखको क्यान्सरबाट मेरो आमाहरू, मेरो दिदीहरू, मेरो समकक्षी साथीहरू थुप्रैको मृत्यु भएको छ । दिनमा ४ जनाको मृत्यु हुने तथ्यांक हामीसँग उपलब्ध छ । यो भनेको भयावह हो,’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यसलाई न्युनीकरण गर्दै निवारणको स्थितिमा पुर्याउन कसरी सकिन्छ, नेपालको लक्ष्य त्यो छ । निवारणको तहमा पुर्याउन सबैलै पहल गर्न जरुरी छ ।’
उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताउँदै उनले क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेको बताए ।
‘खासगरी हामीले क्यान्सर निवारणका निम्ति थुप्रै कामहरू गर्न जरुरी छ । यसमा उपचारात्मक क्षेत्रमा पनि हामीले काम गर्न जरुरी छ,’ उनले भने ।
मन्त्री पौडेलले काम गर्ने चाहना भएपनि आवश्यक स्रोत, साधनको कमी रहेको भन्दै सहकार्य गरेको खण्डमा क्यान्सर न्युनिकरण गर्न सकिने उल्लेख गरे ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित