क्यान्सर पिडितको उपचारका लागि भरथेग गर्ने उद्देश्यले अभियन्ता तथा कांग्रेस नेता रमेश तामाङको बिशेष पहलमा उक्त रकम जुटाइएको हो
काठमाडौं/ आज तामाङ समुदायको महान चाड सोनाम ल्होछार तथा मञ्जुश्री संवत् २८६१ को अवसर । यसै अवसरमा आज मुलुकभर तामाङ समुदायले धुमधामसँग चाड मनाएका छन् ।
यसै अवसरमा युवा व्यवसायी एवं नेपाली काँग्रेस काभ्रे सम्वद्ध युवाहरुले नसर्ने रोग क्यान्सरबाट पीडित परिवारकै घरमा पुगेर शुभकामना आदानप्रदान गर्नुका साथै बिरामीलाई आर्थिक सहयोग पनि गरेका छन् ।
तेमाल गाउँपालिका वार्ड न ६ काल्धार, माथिल्लो छाप स्थायी घर भइ हाल काठमाडौं, स्वयम्भूमा रहेर क्यान्सर उपचाररत बिरामी बेली तामाङ (५२) लाई घरमै पुगेर आर्थिक सहयोग गरिएको हो ।
बिरामीका पति विशाल तामाङलाई सामुहिक रुपमा संकलित रकम ३ लाख १३ हजार ६ सय ६५ रुपैंया हस्तान्तरण गरिएको हो । यस रकमका लागि स्वदेश तथा विदेशमा रहेका मनकारी युवाहरुले समन्वय र सहयोग गरेका हुन् ।
प्रदेश सभा सदस्य तीर्थ लामाको समन्वय तथा युवा व्यवसायी एवं नेपाली काँग्रेसका नेता रमेश तामाङको पहलमा संकलित रकम प्रदेश सांसद लामाकै उपस्थितिमा बिरामीका परिवारलाई हस्तान्तरण गरिएको हो ।
यस कार्यमा सामाजिक अभियन्ता, युवा व्यवसायी एवं काँग्रेस काभ्रेका जिल्ला सदस्य मुक्ते लामा, सञ्चारकर्मी तथा समाजसेवी पवित्रा लामालगायत देशविदेशका मनकारी युवाहरुको सहयोग रहेको छ ।
अमेरिका, जापान र युरोपलगायत देशमा रहेका बिरामीका आफन्त र परिवारका सदस्य सहित अभियन्ता रमेश तामाङ, पवित्रा लामा लगायतका मनकारी युवाको आर्थिक संकलन अभियानलाइ साथ दिएर तामाङ समुदायकै मुख्य चाड सोनाम ल्होछारका दिन पारेर उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।
दुखका बेला सामुहिक प्रयासमा गरिने यस्ता सहयोगले बिरामीको स्वास्थ्य उपचारमा राहत मिल्ने र रोगसँग लड्ने क्षमतामा समेत हौशला प्रदान हुने प्रदेश सभा सदस्य तिर्थ लामाले बताए।
सबैको साथ र सहयोगमा समुदायमा रहेका मानिसलाइ अप्ठेरो परेकाबेला एकजुट भएर सहयोग गर्न पाउदा आफुलाई आनन्द प्राप्त भएको बताउदै अभियन्ता रमेश तामाङले लाहाछापसंग खुशी प्रकट गरे।
आज नै तेमाल गाउँपालिका वडा नं ३ घर भई वीर अस्पतालमा उपचाररत बिरामी नीलम पन्तलाई आर्थिक सहयोग प्रदान गरिएको छ । तेमाल गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विष्णुबहादुर लामाको समन्वयमा संकलित रकम ४३ हजार ८ सय रुपैंया पन्तको परिवारलाई हस्तान्तरण गरिएको छ ।
पन्तको स्वास्थ्य अवस्थाबारे खबर पाएर तत्काल उपचार खर्चका लागी वडा अध्यक्ष लामाले संचालन गरेको आर्थिक संकलन अभियानबाट संकलित रकम प्रदेश सभा सदस्य तिर्थ लामाकै उपस्थितिमा जनप्रतिनिधिमार्फत परिवारलाइ उपलब्ध गराइएको हो।
गोडाको गम्भीर रोगबाट पीडित भई गोडा सुकेर आधा नै काट्नु पर्ने अवस्थाको सो बिरामीलाई उपचारमा केही भरथेग पुगोस भनेर रकम सहयोग गरिएको वडाध्यक्ष लामाले बताए ।
पन्तको उपचारका लागी प्रदेश सभा सदस्य तीर्थ लामा, बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य गुणराज मुक्तान, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, नेपाली कांग्रेसका नेता तथा व्यवसायीहरु जगन्नाथ गिरि, मुक्ते लामा, रमेश तमाङ, रणबहादुर तामाङ, राज दोङ, मिम दोङ, विकेश लामा, लाहाछाप मिडियाका सम्पादक इश्वरी ओझा र अध्यक्ष एवं प्रबन्ध निर्देशक बद्रीराज तिमल्सिनालगायतले सहयोग रकम जुटाएका हुन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित