इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति पक्राउ

काठमाडौँ / मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको बढै्याताल गाउँपालिका–२ घर भई काठमाडौँको टोखा नगरपालिका–३ बस्ने विनोद पौडेल रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एनसिबी अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ गरेर निजलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ हिजो नेपाल फिर्ता ल्याइएको छ ।” मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका निजलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसिबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत पुस १२ गते निजविरूद्ध रेड नोटिस जारी भएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

निजलाई सम्बन्धित कसूर बमोजिमकानुनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिआएका प्रहरीलाई बुझाइएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक आचार्यले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments