“धेरै महिला प्राध्यापकको प्रतिस्पर्धामै किन आउन चाहनु भएन ? के महिला हुनु नै अयोग्यता हो त ?”

त्रि.वि., विश्वविद्यालय क्याम्पस, किर्तिपुरकी काेषाध्यक्ष पद्मा भुसाल

काठमाडौं/त्रिभुवन विश्वविद्यालयमा भएका डीन र २४ वटा आंगिक क्याम्पसमा प्रमुखहरूको नियुक्ति गर्यो । हाल त्रिविका ६४ वटा आङ्गिक क्याम्पस सञ्चालनमा छन्, जसमध्ये २४ वटामा क्याम्पस प्रमुख नियुक्ति गरिएको हो । 

तर पछिल्लो समय भएको डीनको नियुक्ति र हालैको क्याम्पस प्रमुख नियुक्तिमा समेत विभेद भएको भन्दै त्रि.वि., विश्वविद्यालय क्याम्पस, किर्तिपुरकी काेषाध्यक्ष पद्मा भुसालले आपत्ति जनाएकी छिन् । 

खुला प्रतिस्पर्धाबाट चयन भएका भनिएका त्रिवि पदाधिकारीहरूले समेत पुरानै भागवण्डाको प्रवृत्ति दोहोर्‍याएको र नाम मात्रैको मेरिट बेस बनाइएको आरोप भुसालको छ । 


को को बनाइए क्याम्पस प्रमुख


साथै, महिला प्राध्यापकहरूलाई अवसरबाट वञ्चित गरिएको भन्दै उनले लैंगिक विभेद भएको आरोपसमेत लगाएकी छिन् । 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै भुसालले नियुक्ति प्रक्रियामा भागबन्डा गरिएको र समावेशीताको सिद्धान्तको पालना नगरेको भन्दै त्रिवि पदाधिकारीको ध्यानाकर्षण गराएकी हुन् । 

‘के महिला हुनु नै अयोग्यता हो ?,’ विज्ञप्तिमा उल्लेख छ, ‘सक्षम महिला प्राध्यापकहरू प्रतिस्पर्धामा नआउनुका पछाडि विगतमा उनीहरूमाथि भएका अपमानजनक व्यवहार पनि हुन् । यदि आगामी दिनमा पनि यस्तै अवस्था दोहोरिएमा कडा कदम चाल्न बाध्य हुनेछौँ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments