राष्ट्रपति रामचन्द्र पौडेलद्वारा निर्माणाधीन काठमाडौँ–तराई-मधेस द्रुतमार्गको निरीक्षण

काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई-मधेस द्रुतमार्गको निरीक्षण गर्नुभएको छ । त्यस क्रममा उहाँले आयोजनाको प्रगतिबारे जानकारी लिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।

उक्त आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ ।

काठमाडौँ-ललितपुर-मकवानपुर हुँदै बाराको निजगढसम्म निर्माण हुनेछ । पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments