राष्ट्रपतिद्वारा निर्माणाधीन संसद् भवन अवलोकन

काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गर्नुभएको छ ।

उहाँलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गर्नुभयो ।

त्यस अवसरमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले रू पाँच अर्ब ६७ करोड २७ लाखको लागतमा निर्माणाधीन भवनको भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ७३ दशमलव ०४ प्रतिशत भएको जानकारी दिनुभयो ।

Lahachhap

संसद्को वर्षे अधिवेशन नयाँ भवनमा गर्नेगरी काम भइरहेको उहाँले बताउनुभयो । भवनको आन्तरिक साजसज्जाका लागि रु दुई अर्ब ३४ करोड ५४ लाखमा सम्झौता भएको छ ।

हालसम्म भवनको २५ प्रतिशत सजावट भएको छ । भवनमा एक हजार तीन सय ५१ वटा कोठा छन् जहाँ सङ्घीय संसद्का दुवै सदनका बैठक हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments