नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल विधयेक मन्त्रीपरिषद् बैठकबाट स्वीकृत

काठमाडौँ/ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद् बैठक स्वीकृत गरेको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले दुवै प्रहरी सङ्गठनसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको हो । गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रीपरिषद्मा पेस गरेको थियो । 

विधयेक समितिमा व्यापक छलफलपछि मन्त्रीपरिषद्मा पेस गरिएको गृहमन्त्री लेखकले जानकारी दिनुभयो । उहाँले विधयेक पारितका लागि आगामी सङ्घीय संसद्मा पेस गरिने बताउनुभयो ।

गृहमन्त्री रमेश लेखकले पद बहाली गरेसँगै प्रहरी सङ्गठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिनुभएको थियो । त्यही अनुरूप गृह मन्त्रालयले विधेयक अघि बढाएको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments