उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना

काठमाडौं/ हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनााएको छ।

तराईका थोरै भू–भागमा हुस्सु लागेको अवस्था छ। 

आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।

राति कोशी, मधेस र बागमतीलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments