श्रीमतीको हत्या गरेको अभियोगमा प्रक्राउ

झापा – श्रीमतीको हत्या गरेको अभियोगमा झापाबाट एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । ३० वर्षीया श्रीमती रन्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–८ शिवालय टोल बस्ने ४७ वर्षीय ओम प्रकाश अधिकारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ओम प्रकाशले घरायसी बिवादको कारण खुकुरी प्रहार गर्दा रन्जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले ओम प्रकाशलाई खुकुरी सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments