रुकुमपश्चिम – भिरबाट लडेर रुकुमपश्चिममा एक जनाको मृत्यु भएको छ ।
आइतबार साँझ रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –२ बाँदरपानी गाउँमा रहेको ठुला भिरबाट लडेर एक जनाको मृत्यु भएको हो ।
बादँरपानी गाउँका ६३ वर्षीय शशिराम ओलीको गाउँ नजिकैको ठुला भिरबाट लडेर मृत्यु भएको वडा सदस्य भिमदत्त बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार गाउँले बिरामी भएको खबरपछि भेट्न जानलाई उनी भिरको साँघुरो र चिप्लो बाटोबाट जानेबेला भिरबाट लडेका थिए । भिरबाट करिब दुई सय मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित