रास्वपाको केन्द्रीय समिति बैठक भोलि पनि

काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरू भएको छ ।

बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुँदैछ ।

आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ ।

शनिबारको बैठकमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीति सन्दर्भमा  जानकारी गराउँदै  पार्टीका गतिविधिका बारेमा अवगत गराएका थिए । 

यस्तै बैठकमा सहमहामन्त्रीहरूले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पेस गरेका छन् भने बैठकमा उक्त निर्वाचनमा पार्टीका अनुभव, सिकाई र चुनौतीहरूका सम्बन्धमा छलफल गरिएको झाको भनाइ छ । बैठक आइतबार पनि बस्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments