चिनियाँ चलचित्र महोत्सव पुस २५ मा

काठमाडौँ/ नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले यही पुस २५ गते चिनियाँ चलचित्र महोत्सव आयोजना हुने भएको छ ।

चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले संयुक्त रूपमा आयोजन गर्ने महोत्वसवमा दर्शकले अधिक मन पराएका तीन वटा चलचित्र प्रदर्शन हुनेछन् ।

चलचित्र प्रदर्शनपछि ती चलचित्रका निर्माता, निर्देशक र कलाकारहरुले दर्शकसँगै छलफल गर्न सक्नेछन् ।

महोत्वसवमा नेपाली चलचित्रका चर्चित कलाकार, निर्देशक, प्राविधिक र विशिष्ट व्यक्तित्वको उपस्थिति रहने नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments