फलो अप-पाँचखाल खानेपानी

बाढीपहिरोको क्षतिलाई पुनर्निर्माणसहित सुनकोशीको पानी पाँचखालको प्रशोधन केन्द्रमा झर्न सुरु

पुस २२ सम्ममा सबै ट्यांकी(आरभिटी) मा र माघ अन्तिम साता पाँचखालका घरघरमा पानी

पाँचखाल/ गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजनाको पुनर्निर्माणमा उपभोक्ता समितिले तत्परता देखाएकै कारण पाँचखाल–९ डाँडागाउँस्थित ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ मा सुनकोशी नदीको पानी झर्न सुरु भएको छ ।

भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोशी नदी किनारमा बनाइएका इनार र त्यहाँबाट लिफ्टिङ गरी ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ मा सुनकोशी नदीको पानी झार्न सुरु गरएिको हो । पानीको स्रोत रहेको बिमिरे ६०५ मीटर (एएसएल)मा र ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ १३४४ मीटर (एएसएल) मा रहेको छ ।

डाँडागाउँस्थित ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ को ३९ लाख लिटर पानी प्रशोधन क्षमता रहेको छ । त्यससँगै रहेको ओभरहेड ट्यांकमा पनि पानी जम्मा गर्न थालिएको छ । डिजाइन डिस्चार्ज अनुसार ८४ लिटर प्रति सेकेण्डको दर भएपनि यतिखेर ४२ लिटर प्रति सेकेण्डका दरले पानी आइरहेको छ । घरघरमा पानी पठाउने बेलासम्म पूर्ण क्षमतामा पानी यहाँ ल्याइने योजना रहेको छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछाने भन्छन्, ‘शुक्रबार अपराह्नसम्ममा वाटर ट्रिटमेन्ट प्लान्ट बाट वडा नं ९ स्थित भेटवालथोकको रिजर्भ्वयर /स्टोरेज ट्यांकी (आरभिटी)मा पानी पुग्छ । आजै त्यहाँबाट ठुली पिपल, प्लाइ कारखाना, ओझेटार हुँदै कब नेपालसम्म पानी पुग्छ ।’

Lahachhap

खानेपानी आयोजनाले पाँचखाल नगरपालिकाका १० वटा वडाका ६ हजार घरधुरीका करीब ३१ हजार व्यक्तिलाई घरघरमै स्वच्छ पिउने पानी उपलब्ध गराउने लक्ष राखेको छ । २० वर्षसम्मको माग धान्न सक्ने गरी डिजाइन गरिएको छ । यसका लागि १८ वटा रिजर्भ्वयर /स्टोरेज ट्यांकी (आरभिटी) र ६ वटा प्रेसरसहितको बिभिटी गरि २४ वटा रहेको छ ।

पाँचखाल नगरपालिका–२, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का ६ हजार ३७ घरधुरीका नागरिक लाभान्वित हनेछन् । जसमध्ये दैनिक प्रतिव्यक्ति १ सय ९२ दशमलव ०५ लिटर प्रशोधित पानी उपलब्ध हुने उल्लेख छ । सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुने समेत प्रक्षेपण गरिएको छ ।

एशियाली विकास बैंकको ऋणसहयोगमा सञ्चालित शहरी खानेपानी तथा सरसफाइ ९क्षेत्रगत० आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीचको लगानीमा आयोजना निर्माण भइरहेको हो ।

कोरोना महामारी, मेलम्चीको बाढी, असोज दोस्रो साताको बाढीपहिरोलगायतका अन्य कारणले पटक–पटक म्याद थप हुँदासमेत निर्माण कार्य पुरा हुन नसकेको अवस्था थियो ।

माघ अन्तिम साता घरघरमा पानी

Lahachhap

असोज दोस्रो साताको बाढीपहिरोले बिमिरेस्थित पानीको मुहान, प्रसारण पाइप र वितरण पाइपहरुमा क्षति पुर्याएपछि अवरुद्ध रहेको आयोजनामा अध्यक्ष लामिछानेको सक्रियताले पुनः जीवन्तता पाएको छ ।

उनले उत्साहित हुँदै भने, ‘पुसको २२ गतेसम्ममा सबै आरभिटीमा पानी खसाल्छौं । त्यसपछि माघको अन्त्यसम्ममा घरघरमा धारा पुर्याउने गरी क्रमशः काम सक्दै जानेछौं ।’

लामिछानेका अनुसार अब ५, ६ सय घरधुरीमा धारा जडान(हाउस कनेक्स्न) बाँकी छ । तामाघाट क्षेत्रमा र पलाञ्चोक क्षेत्रमा केही वितरण लाइन बिछ्याउन बाँकी रहेको र जरेटरामा झिकुखोला बाइपास गर्न नसकिएका कारण वितरण लाइनको काम बाँकी छ ।

एशियाली विकास बैंकको आर्थिक वर्ष डिसेम्बर ३१ मा सकिएको हो । उसले मार्च अन्तिमसम्ममा भुक्तानीका लागि आइपिसी तयार गर्न भनेको छ । यस्तै नगर विकास कोषले पनि मार्चको २५ तारेख सम्ममा सबै काम सक्न र खानेपानी सञ्चालन गर्नका लागि अनुरोध गरेको अवस्था छ ।

सम्बन्धित समाचारः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments