अमेरिकाको ३९औं राष्ट्रपति

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको कार्टर सेन्टरले जनाएको छ । 

मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियास्थित घरैमा  निधन भएको कार्टर सेन्टरलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कार्टरका छोराले उनलाई ‘हिरो’को संज्ञा दिएका छन् । कार्टर शान्ति, मानवअधिकार र निःस्वार्थ प्रेमको पक्षधर रहेको भन्दै परिवारले गरेको चर्चाबारेका तथ्यपनि समाचारमा आइरहेका छन् ।

कार्टरको निधनप्रति अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले ‘सिंगो अमेरिका कार्टरप्रति ऋणि रहेको’ भनी प्रतिक्रिया दिएका छन् । यस्तै, कार्टरलाई सम्झिँदै पूर्व राष्ट्रपति बिल क्लिन्टनले भनेका छन्, ‘कार्टर अरुको सेवाका लागि जीउँथे ।’ 

कार्टर सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल राष्ट्रपतिका रुपमा ह्वाइटहाउस सम्हालेका थिए । उनी अमेरिकाको ३९औं राष्ट्रपति थिए ।

योसँगै उनी अमेरिकी इतिहासमा सबैभन्दा लामो आयु जीवित रहने राष्ट्रपति कहलिएका छन् । उनी जर्जियाका एक सामान्य बदाम किसानबाट मुलुकको राष्ट्रपतिसम्म बनेको भनी चर्चा भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments