लुक्लाबाट काठमाडौँ आउदैगरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण

काभ्रेपलान्चोक । भक्तपुर र काभ्रेपलान्चोक जिल्लाको सिमाना साँगामा हेली एभरेस्टको विमान आकस्मिक अवतरण भएको छ । उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

लुक्लाबाट काठमाडौँ आउँदै गरेको उक्त विमानमा ६ जना यात्रु रहेका थिए । चरा ठोक्किएर आकस्मिक अवतरण भए पनि विमानमा कुनै क्षति र प्राबिधिक समस्या नभएको उनले बताए।

हेलिमा यात्रारत सबै यात्रु सुरक्षित रहेको र विमानस्थलबाट अनुमति पाउनासाथ उडान भर्ने तयारी रहेको काभ्रेपलान्चोक जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments