राष्ट्रिय च्याउ दिवस-पुस १५

भृकुटीमण्डपमा आगामी सोमबार च्याउसँग सम्बन्धित प्रदर्शनी र मेला

नेपालका ७० जिल्लामा च्याउखेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन हुने गरेको छ । विभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब रु १५ अर्ब तथा च्याउको बीउ उत्पादन गर्ने ल्याबको सङ्ख्या ६७ रहेको छ ।

काठमाडौं/ राष्ट्रिय च्याउ दिवस आगामी पुस १५ गते आयोजना हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक च्याउ उत्पादक किसान सङ्घ, नेपालले भृकुटीमण्डपमा मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

सङ्घका अध्यक्ष सन्तोष कार्कीले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने मेलामा ४० वटा कक्षमा च्याउसँग सम्बन्धित विभिन्न प्रदर्शनी गरिने जानकारी दिनुभयो ।

उहाँले मेलामा च्याउका परिकारसमेत प्रदर्शनी गरिने र गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा हेर्न सकिने बताउनुभयो ।

भिन्नभिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुको प्रदर्शनी, राष्ट्रिय कलाकारको उपस्थितिमा विशेष सांस्कृतिक प्रदर्शनलगायत कार्यक्रम आयोजना गरिने अध्यक्ष कार्कीले बताउनुभयो ।

मेलामा प्रवेश निःशुल्क रहेको र च्याउका परिकार पनि निःशुल्क चाख्न पाइने आयोजकले जनाएको छ ।
मेला आयोजनाका लागि करिब रु २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने करिब १५ हजारले मेलामा अवलोकन गर्ने अनुमान गरिएको छ ।

नेपालमा हाल करिब ३५ हजार किसान च्याउखेतीमा आवद्ध रहेकासमेत सङ्घले जानकारी दिएको छ ।

नेपालभर विभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब रु १५ अर्ब तथा च्याउको बीउ उत्पादन गर्ने ल्याबको सङ्ख्या ६७ रहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

सङ्घका अनुसार नेपालका ७० जिल्लामा च्याउखेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन हुने गरेको छ ।

च्याउ उत्पादक किसान सङ्घ नेपालले २०७६ पुस ९ गतेदेखि पुस २९ गतेसम्म मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सञ्चालन गरेको थियो ।

पुस महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा यसै महिनाको कुनै एक दिनलाई च्याउ दिवसका रूपमा घोषणा गराउन सङ्घ र च्याउ उत्पादक किसानले दबाब दिँदै आएका छन् ।

विसं २०७६ पुस १५ गते बागमती प्रदेशको राजधानी हेटौँडामा सञ्चालन भएको मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ यसैका लागि भएको सङ्घले जनाएको छ ।

सोही दिन च्याउ सङ्घ र किसानको अनुरोधलाई स्वीकार गर्दै बागमती प्रदेश सरकारले प्रदेशस्तरमा च्याउ दिवसको विधिवत् घोषणा गरेको सङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments