धुलिखेल/असोजको बाढीपहिरोले धुलिखेल खानेपानी प्रणालीको मुहानक्षेत्र र प्रसारण लाइन गएका भुभागहरुमा ठुलो क्षति भयो । मुहान रहेको पनौती नगरपालिकासँग संवादको कमी भएको महसुस गरी धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र धुलिखेल नगरपालिकालाई जागरुक बनाउन धुलिखेलसिथत सबै राजनीतिक दलहरु र सारकारवालाहरुको अह्म भूमिका रह्यो ।
त्यसपछि विभिन्न चरणमा संवादहरु भए । अन्ततः खानेपानी प्रणालीलाई मर्मत सम्भार गर्दै सुचारु गर्नमा सबै पक्षहरु समहत पनि भए । धुलिखेलमा विकास निर्माणका कार्यमा हुने गरेका यस्ता साझा पहलहरुलाई उदाहरणीय मानिँदै आइएको छ ।
परिणामतः पुस ८ गतेबाट धुलिखेल खानेपानी प्रणालीको प्रशोधन केन्द्रमा खारखोलाको पानी खस्न थाल्यो । पानीको सास्ती भोगेका धुलिखेलवासीले त्यस दिन मज्जाले घर-घरमा पानी थाप्न पाए ।
पुस १० गते आयोजना गरिएको विशेष साधारणभाकै २ दिन अगाडिबाट लामो समय अवरुद्ध भएको खानेपानी प्रणाली सुचारु गर्न सकिएकोमा समितिका सचिव श्यामदर्शन गनेजु मख्ख थिए ।
उनी भन्छन्, ‘मुहानक्षेत्रका बासिन्दाको मनकारी सहयोग, पनौती-१२ वडा कार्यालय र पनौती नगरपालिकाले खानेपानी प्रणालीलाई सुचारुका लागि मद्दत गरेको छ । मर्मत सम्भार र प्रसारण पाइप जडानमा नेपाल प्रहरीका साथै पाँचखालस्थित सशस्त्र प्रहरी बल १५ नं हेक्वा गण, समितिका प्राविधिक र पदाधिकारीहरुको सक्रिय सहयोग रह्यो । सिडियो साब, नगरपालिका, राजनीतिक दलहरु, सरोकारवालाहरु र पत्रकारहरुको साथ र सहयोग रह्यो । हामी सबैप्रति आभारी छौं’, उनले थपे ।
उता, अवरुद्ध खानेपानी प्रणालीलाई सुचारु गर्न क्रियाशील बनेका धुलिखेलका राजनीतिक दलहरु तथा सरोकारवालाहरुले दीगो खानेपानी प्रणालीका लागि चासो देखाएका छन् । धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बुधबार बस्ने विशेष साधारणसभा अगावै साझा सुझाव पत्र पेश गरेका छन् ।
धुलिखेलमा खानेपानीको प्रणालीको दीगो, सहज र सुलभ आपूर्तिका लागि यस्तो साझा सुझाव पत्र पेश गरिएको धुलिखेलवासी एवं नेपाल उद्योग वाणिजय महासंघका केन्द्रीय सदस्य मन्जुकुमार कोजुको भनाई छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित