आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राख्न नवनियुक्त राजदूतहरुलाई चेम्बरको आग्रह

काठमाडौं/ नेपाल चेम्बर अफ कमर्सले आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न नवनियुक्त राजदूतहरुलाई सुझाव दिएको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा विभिन्न मुलुकका राजदूतहरुलाई  नेपालमा लगानी भित्र्याउन तथा निर्यात सहजीकरण मार्फत आर्थिक कुटनीतिलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको हो । 

नेपालको दिगो आर्थिक विकास र समुन्नतिका लागि आर्थिक कुटनीति महत्वपुर्ण भएको चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वैदेशिक लगानीका लागि प्राकृतिक दृष्टिकोणले नेपालमा प्रचुर सम्भावना रहेको छ, । नेपालले भर्खरै अन्तराष्ट्रिय एजेन्सीबाट सार्वभौम कन्ट्रि रेटिङ प्राप्त गरेको छ, लगानीको दृष्टिकोणले दक्षिण एसियामा भारतपछि दोस्रो बीबी माईनस स्थान प्राप्त भएको छ । यसले विदेशी लगानी भित्र्याउन ठूलो सहयोग पुग्ने भएको छ,।’

नेपालमा लगानीको वातावरण राम्रो रहेको सन्देश विश्व समुदायलाई दिन राजदूतहरु समक्ष अध्यक्ष अग्रवालले आग्रह गर्नुभयो ।
नेपालमा लगानीको प्रतिफल  सुनिश्चितता गर्नका लागि सम्वन्धित निकायमा नेपाल चेम्बर अफ कमर्सले संधै पहल गरिरहेको अध्यक्ष अग्रवालले बताउनुभयो ।

नेपाल झल्काउने व्यापार प्रर्दशनी गर्न एवं लगानी योग्य क्षेत्रहरुको पहिचान गर्नुपर्ने अध्यक्ष अग्रवालको भनाई छ । सम्वन्धित देशसंग बी टु बी मिटिङ तथा लगानी र व्यापार सहजीकरणका लागि दुई पक्षीय सम्झौताका लागि पहल गर्न समेत अध्यक्ष अग्रवालले आग्रह गर्नुभयो ।

नेपालको जलविद्युत, पर्यटन, खानी जस्ता क्षेत्रमा लगानीका लागि ठोस पहल हुनुपर्ने उहाँको भनाई छ । 

राजदूतहरुलाई स्वागत गर्ने क्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको आईटी र जलविद्युत क्षेत्रमा लगानीका लागि अन्तराष्ट्रिय मञ्चहरुमा प्रर्वद्धन गर्नुपर्नेमा मल्लले जोड दिनुभयो ।

Lahachhap

कार्यक्रममा विभिन्न देशका राजदूतहरुले आफुले प्रतिनिधित्व गर्ने देशका निजी क्षेत्रसंग सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आर्थिक कुटनीति आफुहरुको प्राथमिकतामा रहेको राजदूतहरुले सामुहिक प्रतिवद्धता जनाउनुभएको छ ।

चेम्बर भवनमा आयोजित कार्यक्रममा बेल्जियमका लागि नवनियुक्त राजदूत सेवा लम्साल, अष्ट्रेलियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, रुसका लागि डा. जंगबहादुर चौहान तथा दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, यस्तै पोर्चुगलका लागि नवनियुक्त राजदूत प्रकाशमणि पौडेल, श्रीलंकाका लागि डा. पुणर्बहादुर नेपाली, मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना र स्पेनका लागि नवनियुक्त राजदूत सनिल नेपालका उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments