काठमाडौं – वैदेशिक रोजगारमा क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१० बस्ने पर्सा वीरगंज महानगरपालिका–१३ घर भएका ५० वर्षीय महाविर प्रसाद जैशवाल (कुर्मी) रहेका छन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
महाविरले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै ३ जना बाट ५ लाख २० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित