शिक्षामन्त्रीको नेतृत्वमा छनोट समिति गठन हुने परम्परा तोडियो

केयूको उपकुलपति छनोट सिफारिस समिति गठन, हालका उपकुलपति प्रा.डा. भोला थापाको कार्यकाल माघ ६ गते सकिँदै

काठमाडौं विश्वविद्यालय स्थापनाको ३३ वर्ष पूरा भएको छ । संस्थापक कुलपति सुरेशराज शर्मा लगातार चार कार्यकाल र डा. रामकण्ठ माकाजु लगातार दुई कार्यकाल उपकुलपति भएका थिए ।

काठमाडौं /काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति छनोट सिफारिस समिति गठनमा पहिलो पटक परम्परा तोडिएको छ ।

विगतमा सहकुलपति (शिक्षामन्त्री)को नेतृत्वमा छनोट सिफारिस समिति गठन हुने गरेकोमा यसपटक त्यो परम्परा तोडिएको हो ।

हालका उपकुलपति प्रा.डा. भोला थापाको चारवर्षे कार्यकाल आगामी माघ ६ गते सकिने भएकाले उपकुलपति छनोट सिफारिस समिति गठन गरिएको हो ।

Lahachhap

कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको विश्वविद्यालय सभाले संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा उपकुलपति छनोट सिफारिस समिति गठन भएको हो । समितिमा प्रा. डा. अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् ।

केयूले पछिल्लो चार वर्षमा भारतको तिरुपति, हङकङ र अष्ट्रेलिया सम्बन्ध विस्तार गरेर आफ्नो कार्यक्रम लागू गरेको छ ।पछिल्ला चार वर्षयता केयूमा एक दिन पनि प्राध्यापक र शिक्षकका कारण पठनपाठन समेत अवरुद्ध भएको छैन । तुलनात्मक रुपमा केयूमा विद्यार्थीको आकर्षण पनि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
1 Comment
Oldest
Newest
Inline Feedbacks
View all comments