गण्डकी प्रदेशसभा सदस्य थापाद्वारा शपथ

गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नुुभएको छ ।

नेपाली कांग्रेसको समानुपातिकतर्फबाट निर्वाचित थापालाई प्रदेशसभा सचिवालयमा आयोजित एक कार्यक्रमका बीच सभामुख कृष्णप्रसाद धितालले शपथग्रहण गराउनुभएको हो ।

प्रदेशसभा सदस्य विमला गौचनको निधन भएपछि रिक्त भएको पदमा बन्दसूचीमा रहेका नामबाट क्रमअनुुसार पार्टीको सिफारिसमा थापा निर्वाचित बन्नुभएको हो ।

श्रवणशक्ति गुमेका कारण अरुले बोलेको सुन्न नसक्ने थापाले गण्डकी प्रदेशसभामा अपाङ्गता भएको व्यक्तिहरुबाट समेत प्रतिनिधित्व गर्नुहुने भएको छ ।

शपथग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अपाङ्गता भएका व्यक्ति र आवाजविहीनको लागि नीति, नियम र योजना बनाउन लाग्ने बताउनुभयो ।

सम्बन्धित समाचारः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments